यासोक । राष्ट्रिय प्रजातन्त्र पार्टी कुम्मायक गाउँपालिका समितिको अध्यक्षमा कुमार बस्नेत सर्वसम्मत चयन भएका छन । आइतबार गाउँपालिकास्थित जनभवनमा भएको एकता अधिवेशनबाट बस्नेतको अध्यक्षतामा ३१ सदस्य कार्यसमिति गठन गरिएको हो  ।

गठित समितिको उपाध्यक्षमा डिल्ली अगुवा, सुनिता खड्का बस्नेत र सिकमान तामाङ रहेका छन । त्यस्तै सचिव दुर्गा लावती, सहसचिव अञ्जना लावती र कोषाध्यक्षमा शान्तिला सम्बाहाम्फे लावती गरी ३१ सदस्य चयन भएका छन । 

पालिका अधिवेशनको खुल्ला शत्रमा पार्टीका केन्द्रिय सदस्य तथा कार्यसम्पादन समिति सदस्य तेजकुमार कुरुम्वाङको प्रमुख आथित्यता रहेको थियो ।

समारोहलाई कुरुम्वाङसंगै केन्द्रिय सदस्य तथा पूर्व राजसभा सदस्य बम बहादुर सम्बाहाम्फे, केन्द्रिय सदस्य प्रेमराज थाम्सुहाङ साथै प्रदेश सदस्य जिल्ला स्तरका  नेताहरुले पार्टीलाई एकताबद्ध र संगठित बनाएर अघि बढाएर लाने प्रतिबद्धता व्यक्त गर्दै अधिवेशनबाट चयन भएका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।