पथरीशनिश्चरे ।  मोरङको पथरी शनिश्चरेमा नेकपा एमाले निकट अखिल नेपाल महिला संघ र नेपाल उत्पीडित जातीय मुक्ति समाज नगर कमिटी गठन भएको छ ।

  एमाले निकट महिलाहरुको भेलाले रुद्रकुमारी गिरी ( रीता) लाई अध्यक्ष, दुर्गा सुवेदी दंगाललाई सचिव चुनेर ८१ सदस्यीय नगर कमिटी गठन गरिएको हो । ०७५ जेठ २ अघिको अवस्थामा गिरी नै अध्यक्ष थिइन् । 

प्रदेश सदस्य देवराज भण्डारी, जिल्ला सदस्य मोहन तुम्वापो, देवीमाया काफ्ले, जिल्ला सदस्य एवम् पथरीशनिश्चरे नगर प्रमुख दिलीपकुमार राई, नगर उपप्रमुख यमुना विष्ट वास्तोला सहितको उपस्थितीमा पहिलेको अवस्थामा फर्किएको एमालेको महिला संघको कमिटीलाइ पूर्णता प्रदान गरिएको हो ।

  त्यस्तै,  नेपाल उत्पीडित जातीय मुक्ति समाजको आम भेलाले अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः भीमबहादुर रसाइली, फूलमाया दर्जी, केसिका महत, अनिता गदाल र जगत नेपाली सहित अन्य सदस्य चुनिएका छन् ।

कार्यक्रममा, मुक्ति समाजका केन्द्रीय सदस्य खेम नेपाली, भद्रमान विश्वकर्मा, एमाले प्रदेश सदस्य युवराज वास्कोटा लगायतको उपस्थिती रहेको थियो ।