श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल असोज १० गते आइतबार, २६ सेप्टेम्बर २०२१ । राक्षसनाम संवत्सर, आश्विन कृृष्णपक्षको पञ्चमी तिथि १३ः२४ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र  कृतिका १४ः४९ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमाराशि वृष, सूर्योदय ५ः५४ र सूर्यास्त ५ः५५ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ । छोटो दूरीको यात्रा हुनसक्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विद्या र बुद्धिको विकास हुनेछ । आज विशिष्ट व्यक्तिको साथ र सहयोग पाइने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
लक्ष्मीको कृपा प्राप्त हुनाले मनग्य धनलाभ हुनेछ । व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययनमा राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने समय छ । श्रमको उच्च मूल्याङ्कन हुनाले आम्दानी बढ्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कर्मस्थानमा प्रेरक तŒव बढ्नाले कर्मसाधना सिद्ध हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पु¥याउनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ । अरूका लागि बुद्धि खर्चनु पर्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चिताएको काम रोकिनाले दोहो¥याएर प्रयत्न गर्नुपर्ने हुनसक्छ । आफ्नो वस्तुमा अरूले दाबी गर्नेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउनेछ । अचानक धन प्राप्ति हुने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कामको चाप बढ्नेछ । शरीरमा कमजोरी तथा आलश्य अनुभूति हुनेछ । अस्वस्थताले काममा जुट्न नसकिएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सहयोगीहरू पछि हट्नेछन् । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्नेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउला । काममा ध्यान दिनु होला ।