श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल असोज ९ गते शनिबार, २५ सेप्टेम्बर २०२१ । राक्षसनाम संवत्सर, आश्विन कृृष्णपक्षको चतुर्थी तिथि १०ः५४ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र भरणी ११ः४८ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमाराशि मेष, सूर्योदय ५ः५३ र सूर्यास्त ५ः५६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
वस्त्र, आभूषणको व्यापार–व्यवसायबाट प्रशस्त लाभ हुनेछ । वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कामले धेरैको मन जित्न सकिनेछ । मिहिनेतले कीर्तिमानी दिलाउनेछ । सवारी साधन खरिद गर्ने योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा–जमिनको कारोबारबाट हानि नोक्सानी हुनेछ । सामान हराउने योग रहेकोले सचेत रहनु होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यवसायमा लगानी गर्दा प्रशस्त लाभ हुने योग छ । व्यापारबाट मनग्य आम्दानी हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्तसँग रमाइलो भेटधाटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसरसमेत जुट्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सामाजिक क्षेत्रबाट सहयोग प्राप्त हुनेछ । सोचेअनुरूप काम बन्नाले मन प्रसन्न रहनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेत गर्दा आम्दानीका स्रोतहरू फेला पर्नेछन् । आवश्यक भौतिक साधन सजिलै जुट्नेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउन सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खर्च भए पनि कामकाजबाट धनलाभ हुनेछ । पछिका लागि केही वस्तु त्याग्नु पर्ने हुनसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ला । उठ्नु पर्ने रकम हातलागी हुनेछ । दिन सामान्य छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अस्वस्थताले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खनु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वैदेशिक यात्राको योग रहेको छ । सोचेअनुरूप लाभ हुनेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ ।