मोरङ । मोरङको बेलबारी नगरपालिका–४ मा नेपाली काङ्ग्रेसको सर्वसम्मत नेतृत्व चयन भएको छ । 

अन्य क्षेत्रमा विवाद भइरहेका बोल नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माको पहलमा सर्वसम्मत गरिएको हो । उनी सोही वडाको प्रतिनिधि हुन् । भेलाले इन्द्रकुमार राईको सभापतित्वमा २७ सदस्यीय वडा समिति चयन गरेको छ । उपसभापतिमा शेरबहादुर थापा र पूर्ण राई, सचिवमा मोहन पौडेल र नारायण मिश्र तथा सहसचिवमा दुइनकुमार थापा मगर र प्रदीप खवास रहेका छन् । क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत चयन गरिएको छ ।

क्षेत्रीय प्रतिनिधिको खुल्लातर्फ डम्बर बस्नेत, राजेन्द्र अधिकारी, रामहरि कोइराला, सम्भु भट्टराई र दिनेश सुवेदी चयन भएका छन् । आदिवासी जनजातितर्फ चन्द्र लिम्बू, रामकाजी राई, जीवन राई तथा महिला प्रतिनिधिमा इन्दिरा कार्की, सरिता बस्नेत, सीता गुरुङ्ग लगायत छन् । 

नेपाली काङ्ग्रेसको आसन्न चौधौं महाविधेशनको सन्दर्भमा बेलबारी ४ मा सर्वसम्मत समिति गठन गरिएको हो ।