बीपीकाे १०८ औँ जन्म जयन्तीको अवसरमा धरानमा १३ स्थित बीपी पार्कमा रहेको विश्वेश्वरप्रसाद कोइरालाको पुर्णकदकाे सालिकमा माल्यार्पण गरी मनाइएकाे छ ।
नेपाली काँग्रेसले प्रथम जन निर्वाचित प्रधानमन्त्री कोइरालाको सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको १०८ औँ जन्म जयन्ती मनाएको हो ।
कार्यक्रममा धरान उपमहानगरपालिका मेयर तिलक राई, प्रदेश १ का प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ, सुनसरी क्षेत्र नं. १ का सभापति सुरेशमान श्रेष्ठ, काँग्रेस सुनसरी जिल्ला सचिव सुजेन्द्र गोले (तामाङ) लगायत नेताहरूले वीपीको पुर्णकदको माल्यार्पण गरेका थिए ।
१९७१ साल भदौ २४ गते जन्मिएका कोइरालाकाे नेपाली प्रजातान्त्रिक आन्दोलनमा मात्र नभइ नेपाली साहित्यमा विशिष्ट योगदान गरेका थिए । २००३ सालमा नेपाली राष्ट्रिय काँग्रेस स्थापना गरेका उनले राणा शासन अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्ने २००७ सालको क्रान्तिको नेतृत्व गरेका थिए ।
कोइराला २०१५ सालमा भएको पहिलो आम चुनावपछि जन निर्वाचित पहिलो प्रधानमन्त्री बनेका थिए ।