धरान डेक्स : नेकपा एमालेका उपाध्यक्ष डा।भीम रावलले एमसिसीको विषयमा सरकारले जनतालाई झुक्याइरहेको बताएका छन् । नेता 

रावलले सामाजिक संजाल ट्विटरमार्फत सो कुरा बताएका हुन् ।

उनले लेखेका छन् ( नेपाल सरकारले एमसिसीलाई र एमसिसीले अर्थमन्त्रीलाई पठाएको पत्रहरू पढियो । यी सबै पत्र जनतालाई झुक्याएर सम्झौता संसदबाट अनुमोदन गराउने षडयन्त्रकै उपज हुन् । यी दुवै पत्रले नेपालको सार्वभौमिकता, स्वाधीनता, सुरक्षा, हित, संविधान र कानुनविपरीत सम्झौतामा रहेको प्रावधानलाई संशोधन गर्दैन ।

एमसिसिको विषयमा  देशभर कतै समर्थन त कतै विरोध भईरहेको छ ।