समाजसेवी पन्नुलाल धामी नेपाली काङ्ग्रेसको वडा सभापतिमा निर्वाचित भएका छन् । धामी वराहक्षेत्र ३ को वडा सभापतिमा निर्वाचित भएका हुन् ।

धामी निर्वाचित भएसँगै नेपाली काङ्ग्रेस वराहक्षेत्र नगरका सबै वडा महाधिवेशन सकिएको छ। ११ वटा वडाहरूमध्ये वडा नं ६, १० र ३ मा चुनावी प्रक्रियाबाट नेतृत्व छनोट गरिएको थियो ।
वडा नं २, ७ र ८ मा क्षेत्रीय प्रतिनिधि मात्र चुनावी प्रक्रियाबाट चयन गरिएको थियो भने वडा सभापति सर्वसम्मत चयन गरिएको थियो ।

सम्पन्न वडा महाधिवेशनमा १ , ४, ५ र ९ नम्बर वडामा सबै पदमा सर्वसम्मत नेतृत्व चयन गरिएको थियो ।

वराहक्षेत्र ३ वडाकाे सभापतिमा विजयी धामीले प्रतिद्वन्द्वी तेजबहादुर पुरी सन्तोषभन्दा १५ मत बढी प्राप्त गरे ।
६ जनाको उम्मेदवारी परेको मध्ये ४ जनाले फिर्ता लिएका थिए ।
निर्वाचनमा खसेको १७५ मतमध्ये धामीले ८६ मत प्राप्त गरे भने पुरीले ७६ मत प्राप्त गरेको निर्वाचन अधिकृत नारायण धामीले जानकारी दिए ।

पुरीको बदर मत सङ्ख्या ७ र धामीको ९ रहेको निर्वाचन अधिकृत धामीले जानकारी दिए ।

बराहक्षेत्र वडा नम्बर १ देखि ११ सम्म क्रमश: ईश्वर थापा, अमर कटवाल, पनुलाल धामी, नुतनकुमार धामी, दिलबहादुर पौडेल, लालबहादुर रोका, केशव निरौला, खेमबहादुर थापा, निरञ्जन मण्डर चन्द्रवशी, तेजबहादुर गुरुङ, डिकबहादुर थापा (डिबि थापा) ले वडामा नेपाली काङ्ग्रेसको नेतृत्व गर्ने छन् ।