धरान डेक्स  : नेपाली काँग्रेसका प्रभावशाली युवा नेता हेमकर्ण पौडेल पुुःन इटहरी नगर सभापतिमा उठ्ने भएका छन । सामाजिक सञ्जाल फेसवुक मार्फत उनले आफु काँग्रेसको इटहरी नगर सभापति पदमा उठ्ने सार्वजनिक गरेका हुन ।

नेपाली काँग्रेसको १४ औ महाधिबेशनमा आफुले पुःन इटहरी नगर सभापतिमा उम्मेदवार दिने घोषणा गरेका हुन । यही २७ गते हुने इटहरी उपमहानगरको नगर सभापतिमा उनले उम्मेदवारी घोषणा गरेका हुन । प्रदेश नम्वर एकमै चर्चा कमाएका हेमकर्ण युवाहरुको ढुकढुकी हुन । हेमकर्ण राजनितिक रुपमा मात्र हैन सामाजिक कार्यमा समेत उनको चर्चा त्यती नै छ ।

कार्यकर्ता माझ निकै लोकप्रिय भएका हेमकर्ण चुनावी मैदानमा उत्रिएका हुन । गाउँका गरिव जनता देखि राष्ट्रिय नेता सम्म पहुँच राख्न सक्ने हेमकर्ण इटहरीका सबैपार्टीका लोकप्रिय नेता हुन । इटहरी काँग्रेस बनाउन उनको योगदान महत्वपूर्ण रहेको पार्टीका पुराना कार्यकर्ताहरुले बताउँदै आएका छन ।

हेमकर्णले २०५४ सालमा जनता क्याम्पसको स्ववियु सभापतिमा जितेका थिए । त्यस पछि उनको राजनीतिक उचाई बढ्दै गएको थियो । आँपगाछी स्थायी घर भएका हेमकर्ण काँग्रेसमा उदाए सँगै एमालेको किल्ला भनेर चिनिने इटहरीमा काँग्रेसको पटक राम्रो बनाएको कार्यकर्ताहरु बताउँदै आएका छन ।