मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका मधुमल्ला बाजारमा नेपाल सरकारलाई अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) पास  नगर्न दबाव दिने उदेश्यले विरोध प्रर्दशन भएको छ ।

तोरीबारी सिर्जनशील युवा अभियानको आयोजनामा विरोध प्रदर्शन भएको हो । एमसीसी कार्यान्वयन भए नेपाल र नेपालीको हित विपरीतका काम हुने भएकाले यसको अविलम्ब खारेजीको माग गर्दै नेपाल सरकारलाई दबाब दिने उदेश्यले विरोध प्रदर्शन गरिएको तोरीबारी सिर्जनशील युवा अभियानका सचिव फडिन्द्र बस्नेतले बताए  ।

मधुमल्ला बजार चोकबाट सुरु भएको र्याली मधुमल्ला बजार छबीचोक भगवती मावि हुँदै मधुमल्ला चाेकमा आएर कोणसभामा परिणत भएको थियो ।

  र्यालीमा 'एमसीसी खारेज गर , ५५ अर्बमा देश बेच्न पाइँदैन , अमेरिकी हस्तक्षेप बन्द गर, देश बेच्न पाइँदैन अमेरिकी सेना चाइँदैन , राष्ट्रिय स्वतन्त्रता कायम गर ' लगातयतका नाराहरू लगाएका थिए  ।

कोणसभमा अभियानका सल्लाहकार रमेश बराल, युवा अभियान्ताहरु डिएगो चेम्जोङ, महेश थापा र बिमल कुँवरले एमसीसीले नेपाललाई फाइदा नगर्ने भएकाले कार्यान्वयन नगर्न र यदि गर्नै परे संशाेधनसहित नेपाल र नेपालीको हित अनुकूल हुने गरी मात्र कार्यान्वयन गर्नु पर्ने बताएका थिए ।