प्रतिनिधि सभाको आज भएको नवाैं अधिवेशनको पहिलो बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेले सभामुखको भूमिका नभएको भन्दै अधिवेशनको अवरोध गरेको छ ।
एमालेले भदौ १ गते माधव नेपालसहित पार्टीबाट निष्कासन गरेका १४ सांसदलाई पदमुक्त गरेको जानकारी गराएको भए पनि उक्त सूचना जारी नगरी निष्कासन नगरेको भन्दै संसद् अधिवेशनको सुरुमै अवरोध गरेको छ ।
संसद् सचिवालयलाई एमालेले सूचना दिएको भए पनि सभामुखले कानुन बमोजिम सूचना टाँस नगरी एमाले विभाजनमा भूमिका खेलेको भन्दै संसद् अधिवेशनमा विरोध गरेपछि १५ मिनेटका लागि अधिवेशन स्थगित गरिएको छ ।
बैठक सुरु हुनासाथ एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखबाट कानुन उल्लङ्घन भएको भन्दै आपत्ति जनाएका थिए ।