धरान : नेकपा एमाले विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा रहेको नेकपा (एकिकृत समाजवादी) मा सुनसरीमा रहेका जनप्रतिनिधिमध्ये ६ जना नेकपा( एस) मा सनाखत गरेका छन् ।
उनीहरुले जिल्ला निर्वाचन कार्यालय सुनसरीमा पुगेर सनाखत गरेका हुन् । धरानका कार्यपालिका सदस्य कैलास अग्रवालले आफु नेकपा (एस)मा सनाखत गरेको पुष्टि गरे ।
त्यस्तै इटहरीबाट कार्यपालिका सदस्य गौरी परियार र वडा सदस्य सन्तोष परियार, त्यस्तै बराहक्षेत्र -७ का वडासदस्यद्वय पर्शुराम आचार्य र सुष्मा विक र इनरुवा -६ का वडा सदस्य राजेश दाहालले नेकपा (एस) रोजेका छन् ।