धनकुटा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत धनकुटा नगरपालिकाका विभिन्न वडाहरुमा नयाँ नेतृत्व चयन गर्दै आईबार सम्पन्न भएको छ । अधिवेशनले जिल्ला समितिका पदाधिकारीहरु र क्षेत्रिय समितिको प्रतिनिधिमा निर्वाचित गरेको छ ।

धनकुटा नगरपालिकाको वडा नं. ७ को अधिवेशनबाट शैलेसमान श्रेष्ठ सभापति, उसभापतिमा कुमार श्रेष्ठ, रोशनराज अमात्य, सचिवमा उर्गेन शाक्य, होम लिम्बु, सह–सचिवमा अजय सन्तोषी राई, प्रदिप ढकाल निर्वाचित भएका छन् । क्षेत्रिय प्रतिनिधिमा विजय सन्तोषी राई, रोशेष श्रेष्ठ, सुनिल कुमार डगोल, रमेश श्रेष्ठ, सुमन गुरागाई, हिमा चेम्जोग, सावित्रि देवी श्रेष्ठ, रोहीणी पाण्डे, रमेश श्रेष्ठ, शोभा वराल, मञ्जु आर्चाय, राधा बजगाई, जयन्ती राई, हरी बहादुर लम्जेल, पूर्ण वहादुर चौधरी, पोलसेन राई, आशिष लिम्बु,अविनास मण्डल निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत धनकुटा नगरपालिको वडा अधिवेशनहरुबाट वडा नं. १  मा विवि तितुङ तामाङ वडा सभापतिमा, वडा नं. २ को वडा सभापतिमा राज कुमार राई, वडा नं. ३ मा पदम भण्डारीे, वडा नं. ४  मा हरी तिम्सिना, वडा नं. ५ मा धन कुमार राई, वडा नं. ६ मा रुपेश श्रेष्ठ, वडा नं. ७ मा शैलेसमान श्रेष्ठ सभापतिमा, वडा नं. ८ मा सूर्य कुमार राई, वडा नंं ९ मा प्रेम खत्री र वडा नं. १० मा विक्रम भट्टराई सभापतिमा  निर्वाचित भएका छन् ।

यसैगरी नेपाली कांग्रेस धनकुटाका उप–सभापति नविन किशोर शाक्य, धनकुटा नगरपालिका वडा नं. ६ बाट, जिल्ला सचिव विजय सन्तोषी राई धनकुटा नगरपालिका वडा नं. ७ बाट, अर्का सचिव रविन्द्र नेपाली वडा नं.  ५ बाट, सह सचिव सिता श्रेष्ठ वडा नं. ५ बाट, जिल्ला कोषाध्यक्ष दिनेश राई  वडा नं. ४ बाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भएका छन् ।

यसैगरी महासमिति सदस्य अजित नारायण सिंह थापा पाख्रिवास नपा वडा नं. ७ बाट,महासमिति सदस्य आनन्द सन्तोषी राई पाख्रिवास नपा वडा नं. १० बाट, महासमिति घनेन्द्रराज श्रेष्ठ महालक्षी नगरपालिका वडा नं. ८ बाट, महासमिति सदस्य दुर्गा सुवेदी चौविसे गाविस वडा नं. ७ बाट, ललित वहादुर चेम्जोग चौविसे गाउपालिका वडा नं. ६ बाट, मिन कार्की धनकुटा वडा नं. ३ बाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भएका छन् ।

धनकुटा जिल्लाको विभिन्न पालिकाहरुको वडाहरुको सम्पन्न अधिवेशनबाट जिल्ला सदस्यहरुका तोकिएको संयोजकहरुमा धनकुटा नगरपालिकाका संयोजक रोशेष श्रेष्ठ वडा नं. ७ बाट, पाख्रिवासका संयोजक तथा जिल्ला सदस्यहरु ज्ञान बहादुर गुरुङ वडा नंं ६ बाट, छथरजोरपाटीका संयोजक निर्मल ओझा वडा नं. ४ बाट, महालक्ष्मी नगरपालिका संयोजक खेम पौडेल वडा नं. ७ बाट, चौविस गाउँपालिकाका संयोजक हर्क चेम्जोग वडा नं. ६ बाट,साँगुरीगढी गाउपालिका संयोजक नेपालधन राई वडा नं. ९ बाट क्षेत्रिय  प्रतिनिधिमा निर्वाचित भएका छन् ।

यस्तैगरी पाख्रिवास नगर कार्य समितिका सभापति प्रेम भण्डारी पाख्रिवास नगरपालिका वडा नं. ४ बाट, महालक्ष्मी नगरपालिका नगर कार्य समितिका सभापति ध्रुव राय वडा नं. २ बाट, सहिदभूमी गाउपालिका कार्य समितिका सभापति तिर्थ राई वडा नंं २ बाट,सागुरीगढी गाउपालिका कार्य समितिकाा सभापति दिपक मगर वडा नं. ६ बाट,चौविसे गाउपालिका कार्य समितिका सभापति बिजु राई वडा नं. ७ बाट, छथरजोरपाटी पालिकाका कार्य समितिका सभापति छत्र सुब्बा वडा नं. २ बाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भएका छन् ।

नेपाल कांग्रेसको विधान अनुसार केन्दिय सह–महामन्त्री सुनिल बहादुर थापा महाधिवेशन प्रतिनिधि, प्रदेश सभाका उम्मेदवार मनोहर नारायण श्रेष्ठ, प्रदेश सभाका सदस्य लिला सुब्बा, प्रदेश सभाका उम्मेदवार कमोट कुमार फागु र जिल्ला सभापति अग्नी प्रसाद पौडेले, क्षेत्रिय सभापतिहरु  जितेन्द्र राई प्रदेश सभा क्षेत्र नं. १ र इन्दिरा थापा प्रदेश सभा क्षेत्र नं. २  स्वत क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था  भएकोले उनीहरु स्वत क्षेत्री प्रतिनिधिमा निर्वाचित भएका छन् । संविधानसभा सदस्य अञ्जना ताम्ली महालक्ष्मी नगरपालिका वडा नं. २ बाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भएकी छन् ।

यसैगरी नेपाल शिक्षक संघका १ नम्वर प्रदेशका उपाध्यक्ष गंगाराम ढुंगाना चौविसे गाउँपालिका वडा नं. ४ बाट, प्रदेश अर्थ महासचिव राम कुमारी भण्डारी सहिदभूमी गाउँपालिका वडा नंं ६ बाट, धनकुटाका अध्यक्ष धिरेन्द्र लिम्बु छथरजोरपाटी वडा नं. ४ बाट, अर्थ सचिव रोहीणी पाण्डे धनकुटा नगरपालिका वडा नं.  ७ बाट, सह सचिव शोभा बराल धनकुटा वडा नं. ७ बाट निर्वाचित भएका छन् । 

नेपाल तरुण दलका पूर्व केन्द्रिय सदस्य कमोट फागु चौविसे गाउँपालिकाको वडा नं. ३ बाट, धनकुटाका जिल्लाका कार्यवहाक अध्यक्ष युवराज पराजुली पाख्रिवास नगरपालिका वडा न. १ बाट, वरिष्ठ उपाध्यक्ष धिरज तामाङ साँगुरीगढी वडा नं. ६ बाट, धनकुटाका तरुण दलका सचिव नरेन्द्र कस्चित सहिदभूमी गाउपालिका वडा नं. ६ बाट, क्षेत्रिय सभापति क्षेत्र नं. २ का तिलक महल महालक्ष्मी नगरपालिका वडा नं. ३ बाट र क्षेत्रिय सभापति क्षेत्र नं. १ अशोक राई सहिदभूमी वडा नं. १ बाट निर्वाचित भएका छन् । 

नेपाल महिलासंघका पूर्व केन्द्रिय सदस्य सहिदभूमी वडा नं. ७ बाट जिल्ला उपाध्यक्ष अम्विका धमला, पाख्रिवास नगरपालिका वडानं. १ बाट पूर्व अध्यक्ष अम्बिका राई धनकुटा ४ बाट, केन्द्रिय प्रतिनिधि सुमना तिम्सिना महालक्ष्मी नगरपालिका वडा नंं २ बाट, हिमा चेम्जोग धनकुटा नगरपालिका वडा नं. ७ बाट, अम्विका परियार, आशा पराजुली महालक्ष्मी नगरपालिका वडा नं. १ बाट वडा न.. ५ बाट, नेपाल दलित संघ धनकुटाका अध्यक्ष शिव विक महालक्ष्मी नगरपालिका वडा नं. ६ बाट निर्वाचित भएका छन् । 

नेपाल विद्यार्थी संघ धनकुटाका अध्यक्ष बालानन्द दाहाल महालमक्ष्मी नगरपालिका वडा नं.१ बाट, उपाध्यक्ष टेक बहादुर कुवर महालक्ष्मी नगरपालिका वडा नं. ६ बाट, सचिव सरोज धमला पाख्रिवास नगरपालिका वडा नं. १ बाट, धनकुटा वहुमुखी क्याम्पस समिति अध्यक्ष करुणा कटुवाल महालक्ष्मी नगरपालिका वडा नं. १ बाट, धनकुटा काठमाण्डौ सम्पर्क समितिका सभापति भीम थापा पाख्रिवास नगरपालिका वडा नंं.१ बाट नेपाली कांग्रेस वडा अधिवेशनबाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।