बिर्तामोड । नेकपा एमालेका प्रभावशाली नेता अग्नि खरेलले झापाको गिरीबन्धु चिया बगानको जमिन सट्टा–पट्टा गर्ने निर्णय गर्दा नीतिगत कमजोरी भएको हुनसक्ने बताएका छन् । झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै नेता खरेलले नीतिगत कमजोरी भएको भए सच्याएर अघि बढ्ने समेत बताए ।

केपी शर्मा ओली नेतृत्वको सरकारले हदबन्दीभनदा बढी दर्ता रहेको जमिनको सट्टा–पट्टा गरेर बिक्री गर्ने अनुमति दिएको थियो । त्यसका लागि ओली सरकारले भूमिसुधार ऐन २०२१ संसोधन गरेर बाटो खोलेको थियो । तत्कालिन ओली नेतृत्वको सरकारले गिरीबन्धुलाई हदबन्दी बढीको जमिन बिक्रीको अनुमति दिएपछि त्यसको तीब्र आलोचना भएको छ । खरेलले नीतिगत कमजोरी भएको भनदै अदालतले त्यो सच्याउने बिश्वास ब्यक्त गरे । 

खरेलले एमसीसी सम्झौता लागू गर्न हस्ताक्षर गरेको नेपाली कांग्रेसले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । उनले सम्झौता गर्नेले कार्यान्वयन गर्नुपर्ने वा कार्यान्वयन नगरे यसबारे जनतालाई स्पष्ट पार्नुपर्ने धारणा राखेका छन् । खरेलले कांग्रेस सरकारले एमसीसीभित्रका कमि कमजोरी नहेरी सम्झौता गरेको बताएका छन् । सम्झौता गर्दा नहेर्ने अहिले प्रश्न सोध्ने ? खरेलले भने – एमसीसीको मामिलामा कांग्रेसले जनतालाई जानकारी दिनुपर्छ ।

तत्कालिन कांग्रेस सरकारले एमसीसी सम्झौता गर्दा संसदमा लैजाने भनेका कारण एमाले सरकारमा हुँदा संसदमा प्रस्तुत गर्न खोजेको स्पष्ट पारे । कांग्रेस, माओवादीकै इसारामा संसदमा टेवुल गर्न सभामुख अग्निप्रसाद सापकोटाले नमानेको भन्दै अहिले तिनै दलका नेता एमसीसीका बारेमा मुखमा पानी जमाएर बसेको खरेलको भनाई छ । 

नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा निर्वाचन विभाग प्रमुख समेत रहेका खरेलले मन्त्रीपरिषद् विस्तार हुन नसक्दा सरकार जोखिममा परिसकेको बताए । उनले गठबन्धनको सरकारसँग जनताले ठुलो अपेक्षा नगरेको भन्दै सरकार गलत व्यवस्थाको अभ्यासमा लागेको आरोप लगाए । ७८ वर्षीय प्रधानमन्त्री शेर बहादुर देउवा जी १७ वटा मन्त्रालय हेर्दै हुनुहुन्छ । हामीले चाहेको राज्यको व्यवस्था यो होईन, उनले भने ।

मुलुकमा देउवाको पक्षमा फैसला र माधव नेपालको आवश्यकतामा अध्यादेश ल्याउने काम भइहेको उनको भनाई छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले प्रतिपक्षी दललाई फुटाएर अप्रजातान्त्रिक र अलोकतात्रिक काम गरेको उनको धारणा छ । 

एमाले नेता खरेलले पछिल्लो दिनमा सरकारले अन्तराष्ट्रिय सम्बन्ध विगार्दै अघि बढेको बताएका छन् । चिनसँगको सिमा विवाद कतै लिखत छैन, खरेलले भने – अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गर्दै छिमेकी राष्ट्रसँग समान व्यवहार गर्नुपर्छ । गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई खरेलले प्रश्न गरेका छन्, विपीको मार्ग यहि हो ? 

नेता खरेलले सभामुख अग्नी प्रसाद सापकोटाले न्यायाधिसको भूमिकामा आफुलाई देखाउन खोजेकोमा आपत्ति प्रकट गरे । एमालेले १४ सांसद्लाई कारबाही गरेको सूचना टाँस नगरेर न्यायाधिसको भूमिका देखाएकोे भन्दै सभामुखको जिम्मेवारीमा लामो समय उनी टिक्न नसक्ने चेतावनी दिए ।

उनले पार्टी एकताका लागि १० बुँदे सहमतिको व्यवहारिक कार्यान्वय हुने बताएका छन् । ०७५ जेठ २ अनुसार पार्टी अघि बढ्ने हो, उनले भने – कतिपय ठाउँमा व्यवहारिक अभ्यास हुन सक्छ । 

 नेकपा एमालेका प्रभावशाली नेता अग्नि खरेलले झापाको गिरीबन्धु चिया बगानको जमिन सट्टा–पट्टा गर्ने निर्णय गर्दा नीतिगत कमजोरी भएको हुनसक्ने बताएका छन् । झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै नेता खरेलले नीतिगत कमजोरी भएको भए सच्याएर अघि बढ्ने समेत बताए ।