स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो  २ वर्षका लागि म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भएका छन् । 

रोनाल्डो ३ करोड १० लाख पाउन्डमा २ वर्षका लागि पूर्व क्लब युनाइटेडसँग अनुबन्धित भएका हुन् । रोनाल्डोलाई ओल्ड ट्राफोर्ड फर्काएको युनाइटेडले ट्विट गरेर पुष्टी गरेको छ । रोनाल्डोले युभेन्टस छोड्ने चाहाना व्यक्त गरेपछि युनाइटेडको सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीले पनि पोर्चुगाली स्टारलाई भित्र्याउने प्रयास गरेको थियो ।

सन् २००३ मा स्पोर्टिङ लिस्बनबाट ओल्ड ट्राफोर्ड भित्रिएका रोनाल्डोले क्लबसँग सन् २००९ सम्म बस्दै १ सय ९६ खेलमा ८४ गोल गरेका थिए ।

सन् २००९ मा रोनाल्डो स्पेनिस ला लिगा क्लब रियाल मड्रिडमा अनुबन्ध भएका थिए । रियालमा ९ सिजन बिताएका रोनाल्डोले २ सय ९२ खेलमा ३ सय ११ गोल गरेका थिए । उनले रियालबाट लगातार तीन सिजन च्याम्पियन्स लिगको उपाधि जितेका थिए । उनी सन् २०१८ मा युभेन्टसमा अनुबन्ध भएका थिए ।

युभेन्टसका स्ट्राइकर रोनाल्डो २ वर्षका लागि म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भएका हु्न । नयाँ सिजनको सुरुबाटै रोनाल्डोले युभेन्टस छोड्ने चर्चा सुरु भएको थियो ।