अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक सी डिभिजन लिग छनोट प्रतियोगिताको खेल तालिका प्रकासन गरेको छ।

शुक्रबार सार्वजनिक गरिएको तालिकाअनुसार देशभरका ७८ क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

छनोट प्रतियोगितामा ७९ क्लबले दर्ता गरे पनि अन्तिम समयमा काठमाडौं युनाइटेडले कोभिड–१९ का कारण नाम फिर्ता लिएपछि अब ७८ टिमले खेल्नेछन् । भदौ १० गतेदेखि शुरु हुने छनोट प्रतियोगिताको पहिलो दिन सतासीधाम स्पोर्टिङ क्लब र च्याम्पियन्स ब्वाइज एफसीबीच खेल हुनेछ ।

सुरूमा ए देखि जेटसम्म प्रत्येक समूहमा ३/३ टिम रहनेछन्। २६ समूहका विजेता टिम नकआउट चरणमा पुग्नेछन् । 

नकआउट चरणमा पनि तीन समूहमा प्रतिस्पर्धा हुनेछ । तीन समूहका विजेता तीन टिम सी डिभिजनमा पुग्नेछन् ।  



239607900_2609333832546837_6065344834921241740_n


238909852_2609333735880180_5750890858911842291_n





234296234_2609333875880166_5874351114333068620_n