नयाँ दल दर्ताका लागी माधव नेपाल समुह निर्वाचन आयोग पुगेका छन् ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा राजनीतिक दलसम्बन्धी ऐन दोस्रो संशोधन अध्यादेशका आधारमा एमाले विभाजन गरी नया दल दर्ता गर्न लागेका हुन् ।

  दलको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिन्ह  किताव हुने बताइएको छ । दलमा ९५ सदस्यी केन्द्रिय कमिटी हुने छन् ।