रोवर्ट लेवान्डोस्कीको दुई गोल मद्दतमा बोरुसिया डर्टमण्डलाई पराजित गर्दै बार्यन म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ ।

मंगलबार राति भएको फाइनलमा बार्यनले बोरुसिया डर्टमण्डलाई ३–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

बार्यनका लागि थि एक गोल थोमस मुलरले गरे । डर्टमण्डका मार्को रिउसले एक गोल फर्काए ।

खेलको ४१ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा मुलरले गोल गर्दै बार्यनको अग्रता दोब्बर पारे ।

६४ औं मिनेटमा डर्टमण्डका रिउसले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । तर ७४ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्यनलाई ३–१ को जित दिलाए ।

बार्यनले नवौं पटक सुपर कपको उपाधि जितेको हो ।