नेकपा (एमाले) ले पार्टीको नीति र निर्देशनबमोजिम काम नगरेको जनाउँदै वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना प्रतिनिधिसभा सदस्यलाई पदमुक्त गर्न सङ्घीय संसद् सचिवालयमा सिफारिस गरेको छ ।
गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको नीतिविपरीत २२ जना एमालेका सांसदले विश्वासको मत दिएका थिए । ती सांसदलाई एमालेले साउन ६ गते स्पष्टीकरण सोधेको थियो ।
तीमध्ये १४ जनालाई राजनीतिक दलसम्बन्धी ऐनको दफा २८ बमोजिम कारबाहीका लागि सिफारिस गरिएको एमाले संसदीय दलका सचेतक शान्ता चौधरीले जानकारी दिए । पार्टीभित्रको आन्तरिक एकताका लागि एमालेको संसदीय दल र स्थायी कमिटीको बैठक आजै भएको थियो ।
कारवाहीमा पर्ने सांसद यसप्रकार छन् ।
१. माधव नेपाल
२. जीवनराम श्रेष्ठ
३. मुकुन्द न्यौपाने
४. रामकुमारी झाँक्री
५. कल्याणी खड्का
६. लक्ष्मीकुमारी चौधरी
७. निरादेवी जैरु
८. पुष्पाकुमारी कर्ण
९. सरला यादव
१०. कलिला खातुन
११. विरोध खतिवडा
१२. कृष्णलाल महर्जन
१३. भवानी खापुङ
१४. मेटमणी चौधरी
































