नेपाली कांग्रेसका नेता शेखर काेइरालाले सरकारले दल विभाजकाे अध्यादेश ल्याउनु गलत भएकाे बताएका छन् ।

चलिरहेकाे संसद अन्त्य गरेर अन्य दललाइ विभाजना गर्ने उदेश्यले राजनीति दल सम्बन्धी ऐन अध्यादेश ल्याउनु कांग्रेसकाे संस्कार नभएकाे भन्दै  सरकारकाे याे कार्यले लाेकतन्त्र कमजाेर भएकाे बताएका छन् ।

उनले केही समय अघी ओली नेतृत्व सरकाले अध्यादेश ल्याउँदा विरोध गर्ने र आफूले सरकारको नेतृत्वमा गएपछि पुन: त्यही अध्यादेश ल्याउन मिल्छ ? भन्दै प्रश्न समेत गरेका छन्  । 

उनले लामाे समयसम्म पार्टीको केन्द्रीय कार्य समितिको बैठक चल्दा प्रधानमन्त्री शेरबहादुर देउवाले  दल विभाजनसम्बन्धी अध्यादेशको बारेमा कुनै चर्चा नगरेको बताउँदै पार्टीको बैठकमा समेत छलफल नगरी अध्यादेश ल्याउनु उचित नभएको काेइरालाले बताएका छन् ।