संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले चाहेमा दल विभजान गर्न सक्ने गरी सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधनसम्बन्धी अध्यादेश जारी गरेको छ ।
आज बालुवाटारमा बसेको बैठकले उक्त प्रावधान सहित अध्यादेश जारी गरेको हो ।
अध्यादेश प्रमाणिकरणका लागि आजै राष्ट्रपति कार्यालय पठाइने एक मन्त्रीले जानकारी दिए ।