विराटनगर । प्रदेश १ सरकारले प्रदेश  सभाको चालु रहेको प्रदेश सभाको आठौं तथा बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।

मुख्यमन्त्री शेरधन राईको प्रेस संयोजक धुव्र सुवेदीले दिएको अनुसार आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य गर्नका लागि मन्त्रिपरिषदले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष सिफारिस गरेको छ । 

संसद अधिवेशन अन्त्य र आह्वान मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुखबाट हुने व्यवस्था छ ।