भूपू गोर्खा सैनिकहरुलाई सरकारले हताेत्साहित  गरेकाे नेकपा एमालेका उपाध्यक्ष भीम रावलले  बताएका छन्।

जारी प्रतिनिधि सभाकाे बैठकमा रावलले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र मन्त्रालयले भूतपूर्व गोर्खाहरुले आमरण अनसन गर्न सुहाउने कुरा होइन भनेर पत्र पठाएकाे भन्दै खेद व्यक्त गरेका छन्  । 

भूपू गोर्खा सैनिकहरुकाे १० दिन देखी  अनसन भैरहदाँ   बेलायत सरकारले वार्ता टोली समेत नबनाउनु  आपत्तिजनक भएको बताउँदै  यस्ताे अवस्थामा नेपाल सरकारको सक्रिय संलग्नतामा पहल गर्नुपर्ने बताए ।

उनले भने, ‘आफ्ना देशका नागरिकहरुको हकहितमा जोडदार आवाज उठाउनुपर्नेमा आफ्ना न्यायोजित माग उठाउने भूतपूर्व गोर्खाहरुलाई हतोत्साहित गर्ने गतिविधि गर्नु खेदजनक हो ।’