धरान । विश्व हिन्दु परिषद् नेपालले जगद्गुरु पीठ प्राचीन हरिद्वार कुम्भ नगरीमा महाआरतीसहित सप्तकोशी नदीको पूजा गरिएको छ ।

नेपालका अध्यक्ष देवराज अधिकारीका अनुसार १०८ गौमाताको दुग्धधारा अर्पण गरिएको छ । कार्यक्रममा प्रदेश १ प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ को प्रमुख उपस्थितिमा नदीमा महाआरतीसहित दुग्धधारा अर्पण गरिएको हो ।

त्यस्तै बलरामेश्वर शिवालयमा रुद्राभिषेक पनि गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्यासीले रुद्राभिषेक गरेका थिए । मानव चराचरजगत्को कल्याणको कामना गर्दै पूजा गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

साउनको तेस्रो सोमबार विशेष कार्यक्रम गरिएको हो । कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीलगायतको उपस्थिति रहेको थियो । त्यस्तै कार्यक्रममा विभिन्न व्यक्तित्वलाई पनि सम्मानित गरिएको थियो ।