पथरीशनिश्चरे / मोरङको पथरी शनिश्चरेमा हालसम्म १ हजार ३ सय ५९ घरले घर नक्सा पास गरी ‘सम्पन्न प्रमाणपत्र’ तथा अभिलेखिकरण गरी नियमको दायरामा आएका छन्।

गाउँविकास समितिबाट नगरपालिका बनेपछि थालिएकोे नक्सापासको प्रक्रिया अघि बढेको हो । ०७३ सालमा नगरपालिका बने यताको विगत ५ वर्षमा १ हजार ३ सय ५९ घरले तोके बमोजिम नक्सा पास गरेको नगरको घर नक्सा शाखा पमुख कमल पौडेलले जानकारी गराए ।

गत आर्थिक वर्ष २०७७/७८ मा घर नक्सा पासका लागि ९८ वटाले निवेदन दिएका थिए ।  नगरपालिका नभएको अवस्थामा नक्सा नक्सा पास नभई घर निर्माण भएको अवस्थामा सोको अभिलेखिकरणका लागि ५५ वटाले निवेदन दिएका छन् ।

साथै सो आर्थिक वर्षमा ६२ घरले नक्सा पास गरी प्रथम चरणको निर्माण इजाजत लिएका, ४६ घरले दोस्रो चरणको निर्माण इजाजत लिएका, ६३ वटा निर्माण सम्पन्न भएको र नक्सा पास नगरी घर निर्माण भएका ५१ घरले अभिलेखिकरण गराएका छन् । आर्थिक वर्ष २०७७/७८ मा घर नामसारी गर्नेको संख्या ९ रहेको छ ।