विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद 'टोकियो ओलम्पिक’ मा शुक्रबारसम्म कुल १ सय ३३ स्वर्ण पदकको छिनोफानो भएको छ ।

जसमा रसियन ओलम्पिक टिमसहित कुल ४२ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।

ओलम्पिकको सातौं दिनको खेल सकिदा पदक तालिकामा चीन शीर्ष स्थानमा यथावत रहेको छ । जापान र अमेरिकालाई पछि पार्दै चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको हो ।

चीनले १९ स्वर्ण पदकसहित कुल ४० पदक जितेको छ । दोस्रो स्थानको जापानले १७ स्वर्ण पदकसहित कुल २८ पदक जितेको छ ।

यस्तै तेस्रो स्थानको अमेरिकाले १४ स्वर्णसहित कुल ४१ पदक जितेको छ ।

रसियन ओलम्पिक टिम १० स्वर्णसहित कुल ३४ पदक जितेर चौंथो स्थानमा रहदा अष्ट्रेलिया ९ स्वर्णसहित कुल २२ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।

यस्तै  बेलायतले ६ स्वर्ण जित्दा दक्षिण कोरियाले ५ स्वर्ण जितेको छ । नेदरल्यान्ड्स, क्रोएसिया, चेक रिपब्लिक, जर्मनी, क्यानडा, न्युजिल्याण्ड र फ्रान्सले ३÷३ स्वर्ण पदक हात पारेका छन् । २ स्वर्ण जित्नेमा इटाली,  हंगेरी र स्लोभानिया रहेका छन् ।

त्यस्तै १ स्वर्ण जित्ने राष्ट्रको संख्या २४ पुगेको छ।

टोकियो ओलम्पिकमा नेपालको प्रतिस्पर्धा भने शुक्रबारबाट सकिएको छ । नेपालका पाँच खेलाडीले टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए ।

- एजेन्सी