तरहरामा भएको मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगितामा पदम राई र धनबहादुर पुरीको टिम विजयी भएको छ । साउने पन्ध्र अर्थात् खीर खाने दिनका अवसरमा भएको प्रतियोगितामा भारतीय सेनाका सुबेदार मेजर अनेरी क्याप्टेन पदम राई र पत्रकार धनबहादुर पुरीको टिम विजयी भएको हो ।

नायब सुब्बा चन्द्र बस्नेत र पूर्व भारतीय सेना विकास गुरुङलाई सोझो सेटमा हराउँदै राई र पुरीको टिम विजयी भएको हो । 

पूर्व भारतीय सेना याम राई र भारतीय भूपू सैनिक सुबेदार मेजर अनेरी क्याप्टेन दिलप्रसाद राईको टिम तेस्रो भएको छ । 

पूर्व भारतीय सेनाहरु जयबहादुर खड्का र भूमि राईको टिम चौंथो भएको छ । 

कोरियन टोल ब्याडमिन्टन क्लबले प्रत्येक चाडवाडमा मैत्रीपूर्ण प्रतियोगिता गर्दै आएको छ । 

‘शारीरिक व्यायाम गरौं, स्वस्थ बनौं’ भन्ने मूल नारासहित स्थानीय अगुवा दैनिक ब्याडमिन्टन खेल्दै आएका छन् ।

आफ्नै टोलमा रमाइलोका लागि आयोजित प्रतियोगिता उत्कृष्ट भएको भारतीय भूपू सैनिक सुबेदार मेजर अनेरी क्याप्टेन दिलप्रसाद राईले बताए । विजयीलाई उनले पुरस्कार वितरण गरे ।