जापानमा जारी टोकियो ओलम्पिकमा मंगलबार नेपालको सहभागिता रहेको पौडीतर्फको खेल हुने छ । ।

ओलम्पिकमा आज नेपालका एलेक्जेन्डर शाह (एलेक्स) खेलाडीले प्रतिष्पर्धा गर्दै छन् । 

नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाह (एलेक्स)ले प्रतिष्पर्धा गर्नेछन् । एलेक्सले पुरुषको १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । उनको खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा एलेक्स हिट १ मा रहेका छन् । सात खेलाडी रहेको यस हिटमा एलेक्स छैटौँ लेनमा छन् ।

पौडीमा नेपालकी गौरिका सिंहले प्रतिष्पर्धा गर्नेछिन् । गौरिकाको प्रतिस्पर्धा भने बुधबार हुनेछ ।

टोकियो ओलम्पिकमा यसअघि दुई प्रतिस्पर्धाका नेपाली खेलाडीहरु बाहिरिइसकेका छन् । सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट बाहिरिएका हुन् ।