श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल साउन ४ गते सोमबार, १९ जुलाई २०२१ । राक्षसनाम संवत्सर, असार शुक्लपक्षको दशमी तिथि २२ः१८ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र विशाखा २२ः४३ बजेसम्म, उप्रान्त  अनुराधा, चन्द्रमाराशि तुला, सूर्योदय ५ः२० र सूर्यास्त ७ः०० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बिहानको समय सङ्घर्षपूर्ण देखिए पनि मनोरञ्जनपूर्ण र उत्साहवद्र्धक रहनेछ । व्यापारमा प्रशस्त लाभ मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
भौतिक साधन प्राप्त होला । धन तथा ज्ञानको भण्डार बढ्नेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला । आफन्तबाट सहयोग जुट्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेमसम्बन्धमा सफलता मिल्नेछ । छालासम्बन्धी समस्याले सताउन सक्छ । खानपानमा विचार पु¥याउनु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ। धनलाभ र मनग्य अर्थ सञ्चय गर्ने समय छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । पारिवारिक जमघटबीच स्वादिष्ट भोजन प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
फाइदाका लागि काम दोहो¥याउनु पर्ला । श्रम परे पनि दिउँसोदेखि विशेष उपलब्धि प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ ।  तत्काल काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कामले धेरैको मन जित्न सकिनेछ । मिहिनेतले कीर्तिमानी दिलाउनेछ । पेशाबाट प्रशस्त लाभ मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ मिल्ला । क्षेत्रबाट हानि नोक्सानी होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
वस्त्र तथा आभूषणबाट प्रशस्त लाभ रहला । कृषिक्षेत्रबाट सोचेजस्तो फाइदा नहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आँटेका ताकेका कार्यहरू विस्तारै सम्पादन हुँदै जानेछन् । परिवारको भरपूर सहयोग प्राप्त होला ।