युरो २०२० मा विश्वविजेता फ्रान्स सम्भावित हारबाट जोगिएको छ । शनिबार हंगेरीको राजधानी बुडापेस्टमा भएको खेलमा फ्रान्सले घरेलु टिम हंगेरीसँग १–१ गोलको बराबरी खेलेको छ । 

खेलमा अग्रता लिएको घरेलु टिम हंगेरीले हंगेरीका लागि पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा अटिला फियोलाले गोल गरेका थिए ।

 खेलको ६६ मिनेटमा  नै फ्रान्सले बराबरी गोल फर्काउन सफल भयो । फ्रान्सका लागि एन्टोनी ग्रिजम्यानले  बराबरी गोल गरे  पछि खेल बराबरी भयो । 

83664756

त्यसअघि फ्रान्सका डेम्बेलेले गरेको प्रहार पोस्टमा लागेको थियो ।

बराबरीसँगै फ्रान्सले समूह ’एफ’ मा दुई खेलबाट चार अंक जोडेको छ । यसअघि फ्रान्सले जर्मनीलाई १–० ले हराएको थियो । 

पोर्चुगल ३ अंकसहित दोस्रो स्थानमा छ । हंगेरीले भने १ अंक जोड्न सफल भएको छ ।