श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७८ साल जेठ २७ गते बिहीबार, १० जुन २०२१ । राक्षस संवत्सर वैशाख कृष्णपक्षको औंशी तिथि १६ः४१ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र रोहिणी १२ः४४ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमाराशि वृष, सूर्योदय ५ः०७ र सूर्यास्त ६ः५९ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

आफन्त तथा साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । परिवारमा केही असमझदारी होला ।  

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

काममा आफ्नो श्रम परे पनि प्रतिफल माथि अरुले राज गर्नेछन् । छोटो दुरीको यात्रा होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अध्ययन–अध्यापनमा रुची बढ्नेछ । सरकारी क्षेत्रबाट सहयोग प्राप्त होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आकर्षक उपहारले उत्साह जगाउनेछ । दिउँसोदेखि प्रतिक्षित नतिजाले उत्साह जगाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

राजनितिक क्षेत्रबाट सफलता मिल्नेछ । सामाजिक तथा धार्मिक क्षेत्रमा मन जानेछ ।                                  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

वैदेशिक क्षेत्रबाट प्रसस्त लाभ मिल्नेछ । आफन्तको सहयोग प्राप्त होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

वस्त्र तथा आभूषणको व्यापार व्यवसायबाट प्रसस्त लाभ रहला । पढाइमा रुची बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पेटसम्बन्धी समस्याले सताउन सक्छ । खानपानमा विचार पु¥याउनु होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सवारी साधन खरिद गर्ने योग छ । कला, साहित्यको क्षेत्रमा रुचि बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज धनार्जनका श्रोतहरु पत्ता लाग्नेछन् । आत्मबल बढाएर कार्यलाई अगाडि बढाउनु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सुखःदुख बराबरी मध्यम खालको छ । ठूलो कारोबारमा लगानी गर्दा फाइदा होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

शेयरमा लगानी गर्दा प्रसस्त लाभ रहनेछ । यात्रा सफल रहनेछ । समय उत्तमखालको छ ।