धरानस्थित सर्दू खोलामा भइरहेको नदीजन्य पदार्थ उत्खनन्को विरोधपछि भएको झडपमा घाइँते भएको आफ्ना नेता कार्यकर्ताको तत्काल सम्मानपूर्वक रिहा गर्न सामाजिक लोकतान्त्रिक पार्टीले ध्यानाकर्षण गराएको छ ।

यस विषयलाई बेवास्ता गरे सामाजिक लोकतान्त्रिक पार्टी यसको विरुद्ध कडा आन्दोलनमा उत्रिने विज्ञप्तिमार्फत् चेतावनीसमेत दिइएको छ ।

खोला उत्खनन् गर्ने ठेकेदारले आफ्ना गुण्डाहरु प्रयोग गरी प्रहरीकै उपस्थितिमा अवैध गतिविधिको विरोध गरिरहेका पार्टीका इञ्चार्जमाथि सांघातिक हमला गरेको पार्टीको भनाइ छ । 

पार्टीका महासचिव शान्तिराज राईले बुधबार विज्ञप्ति जारी गर्दै सर्दू खोलामा अवैध बालुवा, ढुंगा, गिटी ढुवानी निकासी नरोकिएको समेत बताएको छ । त्यही विषयलाई लिएर पार्टीका केन्द्रीय सदस्य तथा धरान इञ्चार्ज राजेश राईले खोला क्षेत्रमा गएर अवैध गतिविधिको विरोध गर्दा ठेकेदारले गुण्डा लगाई सांघातिक हमला गरी पूर्ण रुपमा घाइँते बनाएको बताएका छन् । 

सांघातिक हमला हुँदा पनि प्रहरी टुलुटुलु हेरेर बसेको विज्ञप्तिमा आरोप लगाइएको छ । पार्टीका महासचिव राईले विज्ञप्तिमार्फत् अपराधिलाई तत्काल पक्राउ गर्न र पार्टीका इञ्चार्जलगयात निर्दोष घाइतेहरुलाई सम्मानपूर्व रिहा गर्न ध्यानाकर्षण गराएको । 

‘यस विषयलाई बेवास्ता गरे सामाजिक लोकतान्त्रिक पार्टी यसको विरुद्ध कडा आन्दोलनमा उत्रिने घोषणा  यसै विज्ञप्तिमार्फत् जानकारी गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।