फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल जोर्डनसँग प्रतिस्पर्धा गरिरहेको छ  ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा जारी खेलको पहिलो हाफमा जोर्डनले १ गोलको अग्रता लिएको छ । 

खेलको  २४ औं मिनेटमा बाहा फाइजल सिफले पेनाल्टीमा गोल गर्दै जोर्डनलाई १–० को अग्रता दिलाएका हुन् ।

नेपालका रोहित चन्दले जोर्डनका मौसा मोहमद सुलेमानलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो । नेपाली टोलीलाई दबाबमा राखेको जोर्डनले पाएका मौकाहरुलाई नेपालका गोलकिपर तथा कप्तान किरण चेम्जोङले उत्कृष्ट बचाउ गरेका छन् ।