सिरहा। प्रदेश २ का भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सानल एक सुटकेश लिएर मन्त्री निवासबाट बाहिरएका छन् ।
आइतवार साँझ प्रदेश सरकारले ठाकुर पक्षका सोनलसहित थप ३ राज्य मन्त्रीसमेतलाई हटाएपछि मन्त्री सोनल आज विहानै कर्मचारीसहित शुभेच्छुकहरुलाई बोलाएर निवासबाट बाहिरएका छन् ।
निवासमा कर्मचारी सहितका विभिन्न शुभेच्छुकहरुलाई संक्षिप्त सम्बोधन गरेका मन्त्री सोनलले भने, ‘पार्टीले प्रदेशको राजनिति गर्न पठाएको छ, प्रदेशको राजनिति गर्छु ।’