लक्ष्मीमार्ग । मोरङको सुन्दरहरैंचास्थित नेपाल तरुण दल नगर समितिको आयोजनामा भएको रक्तदानमा १५८ युनिट रगत संकलन भएको छ । 

कोरोना महामारीका बेला रगत अभावलाई मध्यनजर गर्दै कार्यक्रम गरिएको कार्यक्रम संयोजक मिलन श्रेष्ठले जानकारी दिए । 

यसैबीच तरुण दलले नगरका विपन्न परिवारलाई खाद्यान्न, स्वास्थ्य सामग्रीका रुपमा सेनिटाइजर र मास्क वितरण गर्दै आएको छ । ‘आफू पनि बचौं र अरुलाई पनि बचाऊ’ भन्ने नाराका साथ रक्तदान कार्यक्रम गरिएको हो ।

(सुन्दरहरैंचामा नेपाल तरुण दलको आधिकारिक समिति गठन नभएकाले सभापति मिलन श्रेष्ठ र प्रकाश श्रेष्ठमध्ये को हो भन्ने स्पष्ट नभएकाले यसअघि उल्लेख भएको समाचारको त्रुटि हटाइएको जानकारी गराउन चाहन्छौं। सं.)