धरान । नेकपा एमाले निकट भातृ संस्थाहरूले १४ औं गणतन्त्र दिवसको अवसर पारेर धरानको भानुचौकमा साँझ दीप प्रज्ज्वलन गरेको छ । 

गणतन्त्र स्थापनार्थ साहदत प्राप्त गरेका वीर सहिद र कोभिडबाट ज्यान गुमाएकाहरूको स्मरण गर्दै शनिबार साँझ दीप प्रज्ज्वलन गरिएको हो । राष्ट्रिय युवा संघ नेपाल धरान, अनेरास्ववियु धरान, अनेम संघ धरान, र जिफन्ट धरानले संयुक्त रूपमा दीप प्रज्ज्वलन गरेका छन् । 

नेपालको नक्सा निर्माण गर्दै दीप प्रज्ज्वलन गरिएको थियो । कार्यक्रममा नेकपा एमालेका संस्थापन पक्षका नेताहरू सहभागी रहेका थिए । 

तस्बिरः उपेन्द्र चाम्लिङ