नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत दिन्नौं भन्ने थाहा पाउँदा–पाउँदै विश्वासको मत प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको बताए । 

उनले माइक पाउने बित्तिकै सो कुरा बताइहाले । तर प्रधानमन्त्री केपी ओली विश्वासको मत दिन प्रस्ताव राख्दा पनि पक्षमा मतदान गर्नुहोस् भने । छलफलमा उठेका प्रश्नमाथि जवाफ दिने क्रममा पनि विश्वासको मत दिनुस् सहमति, सहकार्य, समझदारीमा अघि बढौं भनिरहे ।

तर आफ्नै पार्टी नेकपा एमालेका २८ जना सांसद भने प्रम ओलीलाई विश्वासको मतदान गर्न अस्वीकार गर्दै सदनमा उपस्थित भएनन् । 

संसदीय दलको ह्वीपविपरीत माधव नेपाल, झलनाथ खनालसहित २० जना प्रत्यक्ष निर्वाचित र ८ जना समानुपातिक सांसद सोमबारको प्रतिनिधिसभा बैठकमा अनुपस्थित भए । 

संसदमा विश्वासको मत नपाएपछि प्रधानमन्त्री ओली पदमूक्त भए । उनले अब काम चलाउ सरकारको नेतृत्व गर्ने छन् तर पार्टीभित्र कस्तो परिस्थिति हुने हो त्यो कौतुहलताको विषय भएको छ । 

यी हुन् सदनमा अनुपस्थित हुने सांसदहरू

१. योगेश भट्टराई

२. झलनाथ खनाल

३. पवित्रा निरौला खरेल

४. भवानी खापुङ

५. जयकुमार राई

६ . यज्ञराज सुनुवार

७. गणेश पहाडी

८. विरोध खतिवडा

९. कृष्णलाल महर्जन

१०. माधवकुमार नेपाल

११. जीवनराम श्रेष्ठ

१२. नारायण खतिवडा

१३. घनश्याम भुसाल

१४. गोकर्ण विष्ट

१५. सोमप्रसाद पाण्डे

१६. मेटमणी चौधरी

१७. झपट रावल

१८. भीमवहादुर रावल

१९. दिपकप्रकाश भट्ट

२०. सुरेन्द्र पाण्डे

२१. रामकुमारी झाँक्री

२२. सरला यादव

२३. पुष्पाकुमारी कर्ण

२४ं कल्याणी खड्का

२५.निरादेवी जैरु

२६. कलिला खान

२७. लक्ष्मीकुमारी चौधरी

२८. मुकुन्द न्यौपाने