नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका गतिविधिले संविधानलाई कोरोना लागेको जस्तो, आइसियुमा राखेजस्तो भएको बताए ।  

विश्वासको मत माग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै प्रचण्डले सरकारको कामको सकारात्मक कुराको फेहरिस्त तिर नजाने बताए । प्रचण्डले प्रधानमन्त्री ओलीलाई छातीमा हात राखेर आत्मसमीक्षा गर्न सक्नु हुन्छ ? भन्दै प्रश्न गरे ।

प्रचण्डले भने, ‘प्रचण्ड राष्ट्रिय समस्या हो कि तपाईं हो बहस गरौं, मैले कहाँ असहयोग गरें, ठोस आधिकारिक र प्रमाणिक तर्क दिन सक्नु हुन्छ ? यसको जिम्मेवार तपाईं नै हो ।’ 

पार्टी एकता नगरेको आरोप प्रधानमन्त्री ओलीमाथि लगाउँदै प्रचण्डले भने, ‘कम्युनिष्ट एकता टुंग्याउने काम डे वान देखि तपाईंले नै सुरु गर्नु भयो ।’

आपसी विवादलाई देश आक्रान्त हुने गरी सार्वभौम संसदलाई विघटन गरेको समेत प्रचण्डले आरोप लगाए । उनले प्रधानमन्त्री ओलीलाई भने, विश्वासको मत माग्ने तपाईंलाई नैतिक अधिकार छ ?’