नेकपा (एमाले)  माधवकुमार नेपाल समूहका सांसद् आजको प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने भएका छन् । 

सिंहदरबारस्थित संसद् भवनमा बसेको सो समूहको बैठकले प्रधानमन्त्री ओलीले संविधान मिचेर प्रतिनिधिसभाको विघटन गरेको, राजनीतिक दललाई विभाजन गराउन खोजेको र भ्रष्टाचारलाई बढावा दिएको आरोप लगाउँदै विश्वासको मत नदिने निर्णय गरेको हो । 

विश्वासको मत लिने एक दिन अगाडि अध्यादेशबाट संवैधानिक अङ्गमाा नियुक्ति गरेको तथा लोकतन्त्रलाई कमजोर तुल्याएको आरोप लगाउँदै आफूहरुले प्रम ओलीलाई विश्वासको मत दिनुहुन्न भन्ने निर्णय गरेको र उनी प्रधानमन्त्रीबाट हट्नुपर्छ भन्ने माग गरेको नेता भीमबहादुर रावलले जानकारी दिए ।

सो समूहमा २२ जना प्रतिनिधिसभा सदस्य रहेको जनाइएको छ ।