धरान । धरानका २० वटा वडाबीच प्रत्येक वर्ष हुने गोधुली फुटबल रनिङ कप फुटबल प्रतियोगिताबाट यसवर्ष आयोजक गोधुली क्लबलाई करिब ४ लाख मुनाफा भएको छ ।

आयोजक गोधुली क्लबले यसवर्ष गेट टिकटबाट मात्रै ३ लाख ७८ हजार ५ सय ५५ रुपैया आम्दानी गरेको छ । विभिन्न संघ, संस्था लगायत धरान उपमहानगरपालिका, १७ नं. वडा कार्यालय, टुबोर्ग बियर लगायत दाताहरुको सहयोगबाट प्रतियोगिता सम्पन्न हुने गरेको छ ।

यसवर्ष १५ लाख ९८ हजार १९ रुपैया आम्दानी गरेको क्लबले नगद पुरस्कार मात्र २ लाख ५३ हजार १ सय ६६ रुपैया प्रदान गरेको थियो ।

क्लबले आज मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै प्रतियोगिताको आय व्यव सार्वजनिक गरेको हो । क्लबका अध्यक्ष देशकुमार राईले हस्ताक्षर गर्नु भएको विज्ञप्तीमा प्रतियोगिता तथा क्लबलाई पारदर्शी गर्नकालागी आय व्यव सार्वजनिक गरिएको जनाइएको छ ।

182716391_808545693411912_7476812560599421827_n

२०५० सालबाट सुरु भएको प्रतियोगिता द्वन्द कालमा केही वर्ष अवरुद्ध भए पनि पछिल्लो समय निरन्तर रुपमा आयोजना भइरहेको छ । प्रतियोगिताबाट धरानले फुटबलका स्टार खेलाडी जन्माइरहेको छ ।

धरानमा दर्जनौ खेलाडी विभिन्न क्लबमा आवद्ध भएर ए डिभिजन तथा बि डिभिजन फुटबल खेलीरहेका छन् भने राष्ट्रिय टिममा पनि धरानका खेलाडीले स्थान पाउदै आएका छन् ।

प्रतियोगिताको २१ औं संस्करण २०७७ फागुन २२ गतेदेखि चैत्र ७ गतेसम्म धरान रंगशालामा सम्पन्न भएको थियो । प्रतियोगिताको उपाधी धरानको १४ नं. वडाले जितेको थियो ।

181343243_474926603724856_1331480335665055378_n