श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७८ साल वैशाख २१ गते मङ्गलबार, ४ मे २०२१ । राक्षस संवत्सर वैशाख कृष्णपक्षको अष्टमी तिथि १३ः२५ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र श्रवण ८ः३८ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमाराशि मकर, सूर्योदय ५ः२२ र सूर्यास्त ६ः३९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

मिहिनेतीहरूका लागि उत्साहबद्र्धक समय छ । ज्ञान, कला र व्यक्तित्वमा निखार आउनेछ । 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आकर्षक उपहारले उत्साह जगाउनेछ । दिउँसोदेखि राम्रो नतिजाले उत्साह जगाउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

नयाँ कामको प्रस्ताव आउनेछ । सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेट हुनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेका सफलताले थप हौसला जगाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । आँटे ताकेका कामहरू पूर्ण हुँदै जानेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

वैदेशिक यात्राको योग रहेको छ । आँटे ताकेका कार्यहरू विस्तारै सम्पादन हुँदै जानेछन् । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

कृषि तथा दूधसम्बन्धी व्यापार–व्यवसायबाट प्रशस्त लाभ होला । यात्रा सफल हुनेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

व्यवसायमा लगानी गर्दा लाभ मिल्नेछ । लामो दूरीको सफल यात्रा हुनेछ । दिन राम्रो छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

पारिवारिक समस्याका कारण मानसिक चिन्ता बढ्नेछ । सन्तानबाट असन्तुष्टि प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आवश्यक पर्दा सहयोग वा कर्जामार्फत् धन जुटाउन सकिनेछ । खर्च भने केही बढ्नेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

नयाँ कामको प्रस्ताव आउनेछ । बिछोडिएका परिवारसँग भेटघाट हुनेछ । दिन सामान्य छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

पहिलेको कामलाई निरन्तरता दिन सकिनेछ । परिस्थितिले अप्ठ्यारो अवस्था निम्त्याउनेछ ।