धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै कोरोना महामारीलाई लक्षित गर्दै तत्काल प्रदेश र राजधानीमा एक हजार शøयाको अस्थायी अस्पताल बनाउने घोषणा गरेका छन् । 

सोमबार देशवासीको नाममा सम्बोधन गर्दै कोरोनाको दोस्रो लहरको प्रभाव बढ्दै गएकाले सबै नागरिकलाई सचेत रहन आग्रह गरे । उनले सरकारले कोरोनाको दोस्रो लहरलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि हवाई उडानमा प्रतिबन्ध लगाउनेलगायतका निर्णय गरिएको बताए । उनले प्रभावित जिल्लामा लगाइएको निषेधाज्ञालाई पालना गर्नका लागि आग्रह गर्दै थप कडाइ गर्ने पनि बताए । 

सरकारले बिहीबारबाट पूर्णरूपमा अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय गरेको छ । तर, भारतको राजधानी दिल्लीबाट सातामा दुईपटक भने उडान हुने जनाइएको छ । कोरोनाले प्रभावित भइरहेको निष्कर्षसहित प्रदेश र राजधानीमा एक हजार शøयाको अस्थायी अस्पताल बनाउनका लागि नेपाली सेनालाई जिम्मा पनि दिइसकेको उनले बताए । कोभिड अस्पतालहरू चुस्त दुरुस्त राख्नका लागि पनि उनले आग्रह गरेका छन् । उनले प्रदेश सरकारले पनि मेडिकल कलेज, ठूला अस्पताललाई कोभिड अस्पतला र साना अस्पताललाई ननकोडिभ अस्पतालका रूपमा सञ्चालन गर्ने गरी तयारी भएको बताए । 

सार्वजनिक स्थल तथा त्यस्ता स्थानहरूलाई क्वारेन्टिन, आइसोलेसन तथा होल्डिङ सेन्टरको रूपमा परिणत गर्ने जनाइएको छ । देशभरि उत्पादिन अक्सिजनलाई हाल उपचारमा मात्रै प्रयोग गर्ने गरी निर्णय गरिएको छ । अन्य क्षेत्रमा आपूर्तिमा रोक लगाइने लागिएको प्रधानमन्त्री ओलीले जानकारी दिए । त्यस्तै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिने दाबी समेत गरेका छन् । त्यस्तै फ्रन्टलाइनमा खटिनेहरूको बिमा साथै परिवारको उपचार पनि सरकारले गरिदिने उनले सम्बोधनमा क्रममा बताए ।