प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षबाट मजदुरको न्युनतम मासिक तलब वृद्धि गरी १५ हजार रुपैयाँ पुर्याउने बताएको छन् । मजदुर दिवसको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले प्रतिवद्धता जनाएका हुन् ।

अहिले श्रमिकको न्युनतम मासिक तलब १३ हजार ४५० रहेको छ । त्यसैगरी दैनिक पारिश्रमिक पनि ५ सय १७ रुपैयाँबाट बढाएर ५ सय ७७ र प्रतिघण्टा पारिश्रमिक ६९ बाट बढाएर ७७ पु¥याइने प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका छन् ।

अघिल्लोपटक मजदुरको तलब, पारिश्रमिक पुनरावलोकन गर्न नसकिएको भन्दै प्रधानमन्त्री ओलीले यसपटक आउँदो वर्षबाट पारिश्रमिक बढ्ने बताए ।