नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं सांसद माधवकुमार नेपालबीच नागपोखरीस्थित मेरियट होटलमा आज पनि भेटघाट भएको छ । 

लामो समयको संवादहीनताको अन्त्य गर्दै हिजो अध्यक्ष ओली नेता नेपालबीच भेटवार्ता भएको थियो । डेढ घण्टा लामो आजको भेटवार्ता पनि सकिएको छ । 

प्रधानमन्त्री ओली र नेता नेपाल भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गर्दै गरेको दृष्य सार्वजनिक भएको छ । यसलाई उज्यालो एमाले पुनः एकढिक्का हुने रुपमा अथ्र्याइएको छ । 

डेढ महिना लामो सम्वादहीनता तोडेर बुधबार दुई नेताबीच कुराकानी भएको थियो । आज बिहीबार पनि दुई नेताबीच मेरियट होटलमै डेढ घण्टा कुराकानी भयो । 

वार्तामा भएको कुराकानी र निष्कर्ष भने सार्वजनिक भइसकेको छैन ।