ब्लाष्टखबर । काेराेना महामारीकाे दाेस्राे लहर घतक सावित भएकाे भारतमा हर एक दिन नयाँ संक्रमित र मृत्यु हुनेकाे रेकर्ड बन्दै आएकाे छ । पछपल्लाे २४ घण्टामा भारतमा ३ लाखकाे नजिक नयाँ काेराेना संक्रमित फेला परेका छन् । त्यस्ताै २४ घण्टामा काेराेना संक्रमित मृत्यु हुनेकाे संख्या २ हजार नाघेकाे छ ।

वल्डमिटका अनुसार भातरमा २४ घण्टामा २ हजार २३ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेकाे याे संख्या हाल सम्मकै उच्च हाे । भारतमा हाल सम्म मृत्यु हुनेकाे काेराेना संक्रमित संख्या १ लाख ८२ हजार ५७० पुगेकाे छ । 

बुधबार २ लाख ९५ हजार ४१ जना नयाँ संक्रमित फेला परेका छन् । याेसंगै कुल संक्रमितकाे संख्या १ कराेड ५६ लाख ९ हजार ४ पुगेकाे छ ।