ब्लाष्टखबर । नेपालले त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गतकाे चाैथाे खेलमा नेपालले नेदरल्याण्ड्सलाई २०७ रनको लक्ष्य दिएको छ । त्रिवि केिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय ६ रन बनाएको हो । 

 नेपालका लागि उत्कृष्ट फर्म गरेका कुशलले आक्रामक ब्याटिङ गर्दै लगातार तेस्रो खेलमा अर्धशतक बनाएका छन् । भुर्तेलले ६२, दीपेन्द्रसिंह ऐरीले ६०, ज्ञानेन्द्र मल्लले २०,  कुशल मल्लले १८ ,  सोमपाल कामीले अविजित २१ रन बनाए ।

नेदरल्याण्ड्सका लागि भिभियान किङ्गमा र पेटर सेलारले २/ २ र बस दी लिड र आर्यन डटले १/१ विकेट लिएका छन् । प्रतियोगितामा नेपालले यसअघिका दुई वटै खेल जितेको छ । यो खेल जितेमा नेपाल एक फाइनलमा पुग्नेछ ।