ब्लाष्टखबर । नेकपा एमालेले पार्टीकाे अनुशासन ताेडेकाे आराेपमा माधव नेपाल पक्षका २७ जना संसदलाई स्पष्टीकरण साेध्ने भएकाे छ  । 

कर्णाली प्रदेशमा माधवकुमार नेपाल पक्षका संसदहरूले  ‘फ्लोर क्रस’ गरेपछि पार्टीकाे केन्द्रका नेताहरूपनि त्यसकाे जिम्मेवार रहेकाे बताउँदै उनिहरूलाई पनि ‘अन्तिम स्पष्टीकरण’ सोध्न लागिएको पार्टी स्रोतले जनाएकाे छ ।

३५ संसद रहेकाे माधव समुहका  २७ जना संसदलाई स्पष्टीकरण पत्र आजै पठाउन लागिएकाे बताइएकाे छ । यस अघि ६ महिना निलम्बनमा परेका माधव कुमार नेपालसहित चार प्रमुख नेताहरू माथी थप कडा कारवाही हुने प्रधानमन्त्री केपी ओलीले हिजोको बैठकमा बताएका छन्  ।