काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलामा आज  नेपालले नेदरल्याण्ड्सको सामना गर्दैछ ।

प्रतियोगितामा लगातार दुई खेल जितेको नेपाल आज तेस्रो जितका लागि संघर्ष गर्ने छ । नेदरल्याण्ड्स पनि पहिलो खेलमा नेपालसँग भोगेको हारको बदला लिने दाउमा छ । प्रतियोगिताको उद्घाटन खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको नेपालले दोस्रो खेलमा हिजो मलेसियालाई ९ विकेटले पराजित गरेको थियो ।

कुशल भुर्तेल र आसिफ शेखको शतकीय साझेदारीसँगै नेपालले मलेसियामाथि शानदार जित हात पारेको थियो । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाएर १०९ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १२.१ ओभरमा कुनै विकेट नगुमाई ११० रनको लक्ष्य पूरा गर्यो ।

मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा ४७ बल अगावै पूरा गरेको थियो । लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई आक्रामक सुरुवात दिलाएका थिए ।

१२ औं ओभरको पहिलो बलमा अन्वर रहमनबाट क्याच हुनु अघि भुर्तेल र आसिफले १०२ रनको ओपनिङ साझेदारी गरे । आसिफ शेखले २९ बल सामना गर्दै एक छक्का र ४ चौकाको मद्दतले ४२ रन बनाए भने भुर्तेलले ६१ रन बनाए । उनको यो ‘ब्याक टु ब्याक’  टी–२० अन्तर्राष्ट्रिय अर्धशतक हो । दीपेन्द्र सिंह ऐरीले अविजित ६ रन बनाएका थिए ।