कुशल भुर्तेल र आसिफ शेखको शतकीय साझेदारीसँगै नेपालले मलेसियामाथि शानदार जित हात पारेको छ । 

त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत सोमबार मलेसियाविरुद्ध नेपालले जित दर्ता गरेको हो । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाएर १०९ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १२.१ ओभरमा कुनै विकेट नगुमाई ११० रनको लक्ष्य पूरा गर्यो ।

मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा ४७ बल अगावै पूरा गरेको हो । लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई आक्रामक सुरुवात दिलाए ।

१२ औं ओभरको पहिलो बलमा अन्वर रहमनबाट क्याच हुनु अघि भुर्तेल र आसिफले १०२ रनको ओपनिङ साझेदारी गरे । आसिफ शेखले २९ बल सामना गर्दै एक छक्का र ४ चौकाको मद्दतले ४२ रन बनाए भने भुर्तेलले ६१ रन बनाए । उनको यो ‘ब्याक टु ब्याक’  टी–२० अन्तर्राष्ट्रिय अर्धशतक हो । दीपेन्द्र सिंह ऐरीले अविजित ६ रन बनाए ।