विजयपुर । क्याप्टेन ब्याडमिन्टन स्पोट्र्स क्लबले चैत २८ बाट सुरु गरेको दोस्रो मैत्रीपुर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

धरान–१५ स्थित पुष्पलाल मार्गमा भएको प्रतियोगितामा १२ समूह सहभागी थिए । प्रतियोगितामा सुवेदार ललित बेघा र विकास श्रेष्ठको समूह प्रथम भएको थियो । सुमन मगर र किरण राईको समूह दोस्रो भएको थियो भने क्याप्टेन भिम लिम्बू र सुमन श्रेष्ठको समूह तेस्रो भएको थियो ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय भएका समूहलाई नगदसहि प्रमाण पत्र र शिल्ड वितरण गरिएको क्लबका अध्यक्ष क्याप्टेन भिम लिम्बूले जानकारी दिए । प्रतियोगिताका लागि सुवेदार ललित बेघाले २८ थान जर्सी सहयोग गरेका छन् । सानीमा बैङ्क धरान शाखाका प्रमुख लोकनाथ अधिकारी  ५ हजार रुपैया सहयोग गरेका थिए । जेवी स्टिल एण्ड आइरन इन्ड्रस्टिज प्रालीका सञ्चालक झमक बस्नेतले ४ वटा नेटपोल, मेघामार्ट धरान ८ का सञ्चालक बिनोस राईले १ थान नेट सहयोग गरेका थिए ।

धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले पुरस्कार वितरण गर्दै स्वस्थ जीवनका लागि पनि खेलकुद आवश्यक रहेको बताए । उनले धरान–१५ मा जग्गा उपलब्ध भए कबर्डहल निर्माण पहल गर्ने बताए । प्रतियोगिताका संयोजक संजय शर्माले क्लबका सदस्यहरु विच यो तेस्रो पटकको मैत्रीपुर्ण प्रतियोगिता भएको बताए ।